काठमाडौं,साउन २७ । लुम्बिनीमा अहिलेकै सरकारलाई निरन्तरता दिन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी (मसाल) सँग सहमति गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच आज २ बुँदे सहमति भएको हो।
एमाले र नेकपाबीच यसअघि भएको सहमतिअनुसार लुम्बिनीमा एमालेको मुख्यमन्त्री रहने उल्लेख थियो। लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्। एमालेले आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने बताएको थियो।
आचार्य नेतृत्वको सरकारलाई बहुमत पुर्याउन १ सांसद आवश्यक पर्ने भएपछि नेकपा (मसाल) सँग सहमति गरिएको हो। लुम्बिनीमा नेकपा (मसाल)का १ जना सांसद तारा थापा छन्। ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ।


