२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे

देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे

साझा पोष्ट
बुधबार, साउन २७ २०८३
  • images
    images
    देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे

    काठमाडौं,साउन २७ ।  नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन् ।


    images


    नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उनको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताए । उपचारका क्रममा विदेशमा रहेका देउवाको स्वास्थ्यलाभको कामना गर्दै घिमिरेले उनलाई केन्द्रमा राखेर भइरहेका गुटगत भेला र गतिविधिप्रति आपत्ति जनाए ।

    न्युज एजेन्सी नेपालसँग बुधवार कुरा गर्दै घिमिरेले विगतमा देउवाकै नेतृत्वमा विभिन्न राजकीय र पार्टीगत जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै सामथ्र्यमा कार्यक्रम गर्न नसकेर देउवाको ‘ब्यानर’ खोज्नुलाई राजनीतिक कमजोरीको संज्ञा दिए।

    बैठकमा नेता घिमिरेले पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणको विषयमा समेत धारणा राख्नुभयो । ४८ दिनसम्म केन्द्रिय समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी हुन नसक्नु दुखद भएको उहाँको तर्क छ । उहाँले वर्तमान नेतृत्वले नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै वीपी कोईराला र जवाहरलाल नेहरूको उदाहरण प्रश्तुत गर्नुभयो ।

    उनले भने, ‘तपाईंलाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली काँग्रेसलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको छ । यसप्रति म शतर्क रहन केन्द्रीय कार्यसमितिमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । जब आफ्नो केही गर्ने सामथ्र्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ ?’
    पार्टीभित्रको विवाद र निर्वाचन आयोगको प्रक्रियाका बारेमा स्पष्ट पार्दै घिमिरेले आयोगले दुवै पक्षसँग पर्याप्त छलफल गरेको दाबी गर्नुभयो ।

    पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको बचाउ गर्दै घिमिरेले उनीहरूले पार्टी र देशको समसामयिक विषयमा स्पष्ट धारणा राख्दै आएको उल्लेख बताए । 

    सरकारको आलोचना गर्दै उनले वर्तमान सत्ता विचार र सिद्धान्तभन्दा पनि प्रतिशोधको भावनाबाट सञ्चालित भएको टिप्पणी गरे ।
    काँग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको बताउँदै घिमिरेले पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ बनाइने दृढता व्यक्त गरे । काँग्रेसको आगामी संघर्ष लोकतन्त्रको रक्षा र नयाँ पुस्ताको भविष्यका लागि भएको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार