२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

म शक्ति प्राप्त गर्न होईन, राष्टिय एकता सुदृढ गर्न फर्किएको छु: देउवा

म शक्ति प्राप्त गर्न होईन, राष्टिय एकता सुदृढ गर्न फर्किएको छु: देउवा

साझा पोष्ट
बिहीबार , साउन २८ २०८३
  • images
    images
    म शक्ति प्राप्त गर्न होईन, राष्टिय एकता सुदृढ गर्न फर्किएको छु:  देउवा

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको बताएका छन्। सिंगापुरमा उपचार लागि गएको साढे पाँच महिनापछि  बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफू सेवकका रुपमा उपस्थित भएको बताएका छन् । उनले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद भनेका छन् ।


    images

    ‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु- सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भने, ‘कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईंहरूमाझ पाँच महिनापछि फर्किएको छु।’

    उनले आफू शक्ति प्राप्त गर्न र नेता बनेर नभई महान देशको नागरिककारुपमा फर्केको प्रष्ट पारेका छन् । 'म शक्ति प्राप्त गर्न होईन, राष्टिय एकता सुदृढ गर्न फर्किएको छु ।'  देउवाले अपिलमा भनेका छन्, म नेता बनेर होइन, यस महान राष्टको आजीवन नागरिक बनेर फर्किएको छु विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर ।' 

    appeal_deuwa1.jpg
    appeal_deuwa_2.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार