२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

साझा पोष्ट
बिहीबार , साउन २८ २०८३
  • images
    images
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

    काठमाडौं,साउन २८ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।


    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

    यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो।

    प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा नभएको लगायतका कारण यसअघि तय गरिएका मितिमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन।

    नयाँ मिति तय भएसँगै अब प्रतियोगितालाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी तयारी अघि बढाउनुपर्ने चुनौती आयोजकसामू छ, किनकी याे मिति ताेकिएकाे पाँचाै पटक हाे । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार