२०८३, असोज ३० गते

शुक्रबार, असोज ३० गते २०८३

शुक्रबार, असोज ३० गते २०८३

चौथो टि-२० वेस्ट इन्डिजसँग भारतको हार, साइ होपको कीर्तिमानी शतक

चौथो टि-२० वेस्ट इन्डिजसँग भारतको हार, साइ होपको कीर्तिमानी शतक

साझा पोष्ट
बिहीबार , असोज २९ २०८३
  • images
    images
    चौथो टि-२० वेस्ट इन्डिजसँग भारतको हार, साइ होपको कीर्तिमानी शतक

    काठमाडौं,असोज २९ । साइ होपको कीर्तिमानी शतक र केमो पलले घातक बलिङमा  वेस्ट इन्डिजले चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई २४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ ।


    images

    पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले होपको नटआउट १०२ रनको मद्दतमा २० ओभरमा तीन विकेट गुमाएर २४७ रन बनाएको थियो । होपले ४९ बलमा नौ छक्का र चार चौका प्रहार गरे । यो उनको टी–२० अन्तर्राष्ट्रियमा तेस्रो शतक हो, जुन वेस्ट इन्डिजका ब्याटरमध्ये सर्वाधिक हो । 
    होपले यसै सिरिजमा दोस्रो शतक प्रहार गरेका हुन् । उनी द्विपक्षीय टी–२० सिरिजमा एकभन्दा बढी शतक बनाउने पाँचौँ ब्याटरसमेत बनेका छन् । शेरफेन रदरफोर्डले २६ बलमा अविजित ४९ रन थपे ।होप र रदरफोर्डले ४३ बलमा ९१ रनको साझेदारी गरे ।शिम्रोन हेटमायरले ३३ रन बनाए । 

    जवाफमा भारतले सञ्जु सामसनको आक्रामक अर्धशतकका बाबजुद १९.३ ओभरमा सबै विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो । सामसनले २३ बलमा ५६ रन बनाए । उनले चार छक्का प्रहार गरे ।

    यस्तै, तिलक वर्माले २५ बलमा ४३ तथा नितिश रेड्डीले २० बलमा ४१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । अभिषेक शर्माले २९ रन जोडे ।

    वेस्ट इन्डिजका केमो पलले घातक बलिङ गर्दै ४१ रन खर्चेर पाँच विकेट लिए । उनले टी–२० क्रिकेटमा दोस्रो पटक पाँच विकेट लिने उपलब्धि हासिल गरे । गुदाकेश मोतीले पनि दुई विकेट लिए ।


    अब सिरिजको निर्णायक पाँचौँ तथा अन्तिम टी- २० खेल शनिबार बेंगलुरुमा हुनेछ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार