२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीच संघर्ष हुनेछ : बादल

आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीच संघर्ष हुनेछ : बादल

साझा पोष्ट
बिहीबार , मंसिर ४ २०८३
  • images
    आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीच संघर्ष हुनेछ : बादल
    images

    काठमाडौं, मंसिर ३ ।   नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको संघर्ष हुने बताएका छन् ।


    images

    बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले आगामी २०८४ साललाई निर्वाचन र राजनीतिक संघर्षको वर्षका रूपमा चित्रण गरेका हुन् ।

    घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष निर्वाचन केन्द्रित राजनीतिक प्रतिस्पर्धा तीव्र हुने उनको भनाइ थियो । उनले पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक वर्चस्व कायम गर्न खोज्ने र त्यसको प्रतिवाद लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले गर्नुपर्ने बताए ।

    थापाले आगामी निर्वाचनलाई सामान्य चुनावका रूपमा लिन नहुने उल्लेख गर्दै पार्टीले अहिलेबाटै रणनीतिक तयारी गर्नुपर्नेमा जोड दिए । स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा एमालेले कायम राखेको राजनीतिक प्रभाव जोगाउन पार्टीभित्रका कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

    उनले पार्टीको आन्तरिक एकता सुदृढ बनाउन र राजनीतिक प्रतिस्पर्धीका गतिविधिप्रति सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गरे ।

    पपुलिस्ट शक्तिहरूले लोकतान्त्रिक तथा प्रगतिशील दलहरूबीच विभाजन ल्याउने, जनतामा भ्रम सिर्जना गर्ने तथा सुशासन र सम्पत्ति छानबिनका नाममा राजनीतिक दबाब बढाउने प्रयास गरिरहेको आरोप पनि थापाले लगाए ।

    उनले आगामी निर्वाचनको राजनीतिक महत्त्व संविधान संशोधनको विषयसँग पनि जोडिएको बताए । संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले निर्वाचन थप महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

    विगतका निर्वाचनमा एमालेले आफ्ना प्रमुख प्रतिस्पर्धीलाई सही रूपमा पहिचान गर्न नसकेको र पार्टीका कमजोरीहरूको पर्याप्त समीक्षा गर्न नसकेको थापाले स्वीकार गरे ।

    उनले राजनीतिक संघर्षमा नीति, नेतृत्व र जनता मुख्य आधार हुने उल्लेख गर्दै आगामी निर्वाचनमा सफलता हासिल गर्न स्पष्ट नीति, बलियो नेतृत्व र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने बताए ।

    चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै थापाले आफू र प्रतिस्पर्धी दुवैलाई चिन्न सके मात्रै राजनीतिक संघर्षमा सफलता प्राप्त गर्न सकिने धारणा राखे ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार