शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग

नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग

साझा पोष्ट
मंगलबार, वैशाख २० २०७९
  • images
    नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग
    images
    २० बैशाख, काठमाडौं । कोरियामा कार्यरत नेपालीहरूले नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । विगतमा नियमित उडान हुने गरेकोमा कोभिड–१९ का कारण नियमित उडान सेवा बन्द भएको थियो । त्यसयता लामो समयदेखि नेपाल–कोरिया/कोरिया–नेपाल उडान हुन सकेको छैन । कोरियामा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध संघसंस्थाहरूले नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै नियमित हवाई सेवा सञ्चालनको व्यवस्था गरिदिन माग गरेका हुन् । कोरियास्थित नेपाली कांग्रेस जनसम्पर्क समिति, नेकपा एमाले प्रवासी मञ्च, नेकपा माओवादी केन्द्र जनप्रगतिशील मञ्च, एकीकृत समाजवादी प्रवासी एकता मञ्च, जसपा नेपाल निकट नेपाली समाज र राप्रपा प्रवासी नेपाली समाजले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कोरियामा रहेका ६० हजार नेपालीको सेवालाई ध्यानमा राखेर उडान नियमित गर्ने प्रबन्ध गरिदिन माग गरेका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार