मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

अत्यावश्यक नपरी बाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

अत्यावश्यक नपरी बाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    अत्यावश्यक नपरी बाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह
    images

    काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । 


    images
    images

    दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको जनाएको छ ।  

    'आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा-भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ। ' सूचनामा भनिएको छ ।  

    दूतावासमा सम्पर्कका लागि कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिव (0528289300), सञ्जयकुमार साह, सहचारी (054-5582077) लाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार