शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपाको विद्रोही समूहले बनायो नयाँ पार्टी, पार्टीको नाम नेकपा (बहुमत), 'एकीकृत जनक्रान्ति' खारेज

धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपाको विद्रोही समूहले बनायो नयाँ पार्टी, पार्टीको नाम नेकपा (बहुमत), 'एकीकृत जनक्रान्ति' खारेज

साझा पोष्ट
शुक्रबार, वैशाख २३ २०७९
  • images
    धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपाको विद्रोही समूहले बनायो नयाँ पार्टी, पार्टीको नाम नेकपा (बहुमत), 'एकीकृत जनक्रान्ति' खारेज
    images
    २३ बैशाख, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिकरुपमा विभाजित भएको छ । चितवनको पर्सामा तीन दिनसम्म चलेको विद्रोही समूहको राष्ट्रिय भेलाले नेकपा(बहुमत) पार्टी  गठन गरेको छ । भेलाले फागुनमा महाधिवेशन गर्ने गरी नेता धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । महाधिवेशन फागुन १ गते काठमाडौंमा हुनेछ । आफ्नो समूह वैचारिक रुपले बहुमतमा रहेकोले नाम नेकपा (बहुमत) राखेको यो समूहको तर्क छ । रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकको सन्दर्भ अगाडि सारेर यो समूहले पार्टीको नाम नेकपा बहुमत राखेको छ । रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेभिकको अर्थ अल्पमत हुन्छ । भेलाले यसअघि विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्ने निर्णयसमेत गरेको छ । त्यसलाई खारेज गर्दै पार्टीको कार्यदिशा ‘बैज्ञानिक समाजवादी क्रान्ति’ तय गरेको संयोजक धर्मेन्द्र बास्तोलाले साझा पोष्टलाई जानकारी दिए । ‘विप्लवजीले अघि सार्नु भएको कार्यदिशा सारसंग्रहवादी भयो । जसले अगाडि सारेको हो त्यही सारसंग्रहवादी भएपछि त्यसलाई बोक्नु उचित ठानेनौं ।’ बास्तोलाले भने -त्यसैले अहिले हाम्रो बैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा त भयो ।’ विप्लवले २०७१ मा ‘एकीकृत जनक्रान्ति' काे कार्यदिशा अघि सारेका थिए। दाङको तुलसीपुरमा ९२०७१ पुस २३–२६० मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले उनको  कार्यदिशा पारित गरेको थियो । उनको त्यो कार्यदिशाको सार ‘किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने’ थियो । त्यस्तै विप्लवले प्राथमिकता दिएर उठाइरहेको वैज्ञानिक समाजवादका लागि जनमत संग्रहको नारालाई पनि हाललाई छोडेको बस्तोलाले जानकारी दिए । त्यसको साटो ‘स्वाधीन संयुक्त राष्ट्रिय सरकार’को नारा अगाडि सारिएको उनले जानकारी दिए । यो समूहले स्वाधीन संयुक्त राष्ट्रिय सरकार, राजनीतिक स्थिरता र संसदीय व्यवस्थाको अन्त्य भन्ने नारा अगाडि सारेको छ । तर स्थानीय चुनावका विषयमा भने कपिलवस्तु बैठकले गरेको निर्णयलाई निरन्तरता दिइने बास्तोलाले बताए । स्वतन्त्र रुपमा उठेका पार्टीका नेता कार्यकर्ता र अरु देशभक्त वामपन्थी पार्टीका उम्मेदवारलाई भोट दिने बास्तोलाले जानकारी दिए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार