नाष्टको विज्ञ टोलीद्वारा सिसडोलको अध्ययन, एक किलोमिटर टाढाको पानीमा पनि प्रदूषण

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को विज्ञटोलीले सिसडोलको अध्ययन गरेको छ। डा.रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन गरेको हो।
लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन । सिस्डोलबाट संकलित तीन वटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको छ। स्रोतबाट १ किलोमिटर टाढासम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ।
त्यो ठाउँमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ। विज्ञटोलीले यो अवस्था सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेकोमा जोड दिएको छ ।
पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा थाहा हुने र पूर्ण रिपोर्ट आएपछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाउनेछ । नास्ट लगायत अन्य विज्ञसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालीन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ।
मंगलवार नै अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने विधि निर्क्यौल गरेको छ। यसका लागि प्रारम्भिक काम तीन दिन भित्र नै सुरु गर्ने गरी तयारी भइरहेको छ।





प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ २२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय