शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

स्वार्थ बाझिने क्षेत्रमा गभर्नर अधिकारीको लगानी, चलखेल गर्ने गरेको आरोप, शेयरका लगानीकर्ता आक्रोशित

स्वार्थ बाझिने क्षेत्रमा गभर्नर अधिकारीको लगानी, चलखेल गर्ने गरेको आरोप, शेयरका लगानीकर्ता आक्रोशित

साझा पोष्ट
बिहीबार , असार ३० २०७९
  • images
    स्वार्थ बाझिने क्षेत्रमा गभर्नर अधिकारीको लगानी, चलखेल गर्ने गरेको आरोप, शेयरका लगानीकर्ता आक्रोशित
    images
    काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी फेरि एक पटक विवादमा परेका छन् । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेको चर्चासँगै गभर्नरको राजीनामा माग भैरहेको छ । तर उनी विवादमा परेको यो पहिले पल्ट हैन । यसअघि पनि विवादको लामो सृंखला छ । शेयर कारोबारका कारण गभर्नर अधिकारीमाथि छानविनको माग समेत भैरहेको छ । बजार घटाउन मुख्य भूमिका रहेको भन्दै शेयरका लगानीकर्ता पनि अधिकारीसँग निकै रुष्ठ छन् । आफै शेयर कारोबारी रहेका गभर्नर अधिकारीले बजार घटाउने र बढाउने भूमिका खेल्ने गरेको आरोप पनि लागेको छ। गभर्नर अधिकारीले आफू र परिवारका सदस्यको नाममा ४ करोड भन्दा बढीको सेयर राखेका छन् । राष्ट्र बैंक शेयर बजार र वित्तीय संस्थाको नियमनकारी निकाय हो । गभर्नर अधिकारीले आफैं नियामक भएको सेयर बजारमा संलग्न भएर कानून र नैतिकताको खिल्ली उडाएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली अनुसार उक्त बैंंकका कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो नाममा वा श्रीमान्, श्रीमती र अठार वर्ष नपुगेका छोरा छोरीको नाममा इजाजतप्राप्त कुनै बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्न हुँदैन । यस्तै कुनै बैंक तथा वित्तीय संस्थाको शेयर दोस्रो बजारबाट खरिद गर्न पनि नहुने विनियमावलीमा लेखिएको छ । तर गभर्नर अधिकारीले आफ्नै नाममा, श्रीमती सरिता अधिकारी पोखरेल, छोरा सौगात र छोरी महिमा अधिकारीको नामबाट सेयर खरिद बिक्री गर्ने गरेका छन् । राष्ट्र बैंकबाट अवकास पाएर गभर्नर हुनु अघि अधिकारी लगानी बोर्डको सीईओ बनेका थिए । त्यही बेला उनले आफ्नै नाममा शेयर खरिद गरेका थिए । उनले बुझाएको सम्पत्ति विवरणमा नविल बैंक, हिमालयन बैंक, सनराइज बैंक लगायतका कम्पनीको सेयर दोस्रो बजारबाट खरिद गरेको स्वीकार गरेका छन् । गभर्नर अधिकारीले आफ्नो नाममा ५ वटा औद्योगिक संस्थाको सेयर पनि राखेका छन् । श्रीमती, छोरा र छोरीको नाममा नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक तथा प्रिमियर इन्स्योरेन्स लगायतका कम्पनीको २७ हजार भन्दा बढी कित्ता सेयर किनेका छन् । परिवारका सदस्यकै नाममा चिलिमे हाइड्रो पावर, एचआईडीसीएल, सानिमा माई र माथिल्लो तामाकोशीको पनि करिब २८ हजार कित्ता सेयर किनेका छन् । मध्य तमोरको सेयर किन्न ५० लाख रुपैयाँ एडभान्स दिएको पनि उनले सम्पति विवरणमा उल्लेख गरेका थिए । राष्ट्र बैंकको एउटा निर्णयले शेयर बजारमा ठुलो असर पर्छ । तर त्यही स्थानमा बसेर शेयर कारोवार गर्ने गरेका गभर्नर अधिकारीमाथि अहिले अन्य लगानीकर्ता आक्रोशित छन् । बढेको बेला शेयर बेच्ने र पछि बजारमा कडाई गरी घटाउने गरेको आरोप उनीमाथि लागेको छ । नियामक निकायमा बसेर स्वार्थ बाझिने क्षेत्रमा लगानी मात्रै हैन अधिकारीले सरकारलाई असहयोग समेत गर्ने गरेको भन्दै सांसदले नै छानविनको माग गरेका छन् । संसद बैठकमै कांग्रेस र माओवादीका सांसदले अधिकारीमाथि छानविन गर्न ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार