शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

पोखराका तत्कालीन मेयरले गरेको ६३ रोपनी जग्गा भाडामा दिने सम्झौता नयाँ मेयरद्वारा खारेज

पोखराका तत्कालीन मेयरले गरेको ६३ रोपनी जग्गा भाडामा दिने सम्झौता नयाँ मेयरद्वारा खारेज

साझा पोष्ट
शुक्रबार, असार ३१ २०७९
  • images
    पोखराका तत्कालीन मेयरले गरेको ६३ रोपनी जग्गा भाडामा दिने सम्झौता नयाँ मेयरद्वारा खारेज
    images
    पोखरा । निवर्तमान मेयर मानबहादुर जीसीले कार्यकालको अन्त्यमा पोखराको ६३ रोपनी जग्गा भाडामा दिने गरी गरेको सम्झौता खारेज भएको छ । वर्तमान मेयर धनराज आचार्य अध्यक्ष रहेको पोखरा उपत्यका नगर विकास समितिको शुक्रबार बसेको बैठकले उक्त सम्झौता अपारदर्शी भएको भन्दै खारेज गरेको हो । समितिको नाममा रहेको राष्ट्रबैंक चोकस्थित गल्फ कोर्स रहेको ४० रोपनी २५ वर्षलाई, पर्यटन बसपार्कको १५ रोपनी १० वर्षलाई र पृथ्वीचोकको ५ रोपनी १० वर्षलाई निजी कम्पनीलाई दिने सम्झौता अब तोडिएको छ । त्यसअघि समझौता अध्ययन गर्न पाँच सदस्यीय समिति बनाईएको थियो । त्यसकै प्रतिवेदनका आधारमा सम्झौता खारेज गरिएको हो । बोलपत्र लगायतका सम्पूर्ण प्रक्रिया त्रुटिपूर्ण देखिएकोले रद्द गर्ने निर्णय भएको मेयर धनराज आचार्यले बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौता गरिएको भनिएका पक्षको नाम, ठेगाना, सम्पर्क नम्बरमा सम्पर्क हुन नसकेको समेत बताए । ‘उल्लिखित सम्झौता प्रक्रियामा भएका सम्पूर्ण क्रियाकलाप रीतपूर्वक नदेखिएको एवं कागजातसमेत शंकास्पद देखिएकोले थप अनुसन्धान गर्न छानबिन प्रतिवेदनसहित सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको छ,’ मेयर आचार्यले भने, ‘चलानी किताब र बोलपत्र खुलुवा मुचुल्कामा केरमेट गरी शंकास्पद देखिएकोले मुलुकी अपराधसंहिता २०७४ बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा लेखी पठाउँछौं ।’ कार्यकाल सकिन दुई दिन बाँकी रहँदा तत्कालीन मेयर जीसीले कानुनविपरीत पोखरा उपत्यका नगर विकास समिति मातहतको जग्गा भाडामा दिने सम्झौता गरेका थिए । तीमध्ये गल्फ कोर्स र पर्यटक बसपार्कको जग्गा भाडामा पाउने विष्णु भण्डारी जीसीका आफन्त हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार