शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

छानबिन समितिमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको बयानः कुनै गल्ती गरेको छैन

छानबिन समितिमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको बयानः कुनै गल्ती गरेको छैन

साझा पोष्ट
बुधबार, साउन ४ २०७९
  • images
    छानबिन समितिमा पूर्वअर्थमन्त्री जनार्दन  शर्माको बयानः कुनै गल्ती गरेको छैन
    images
    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पदमा रहँदा कुनै गलत काम नगरेको दोहोर्याएका छन्। बिहीबार बिहान संसदीय छानबिन समिति विशेष समितिमा बयान दिँदै उनले आफूविरुद्ध लागेका सबै आरोप अस्वीकार गरेका हुन्। शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बताए ।शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करका दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरे ।संसदीय छानबिन विशेष समितिका एक सदस्यका अनुसार तत्कालीन अर्थमन्त्री शर्माले आफूले करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएको तथा सीसीटीभी फुटेज डिलिट गरेको भन्ने आरोप गलत भएको जिकिर गरेका छन । पदबाट राजीनामा दिने बेला पनि तत्कालीन अर्थमन्त्री शर्माले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै पुष्टि गर्न चुनौती दिएका थिए ।आर्थिक वर्ष २०७९\८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ। समितिले यो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिसँग सोधपुछ गर्ने क्रममा आज  शर्मासँग पनि सोधपुछ गरेको हो । शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार