शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

अर्थ मन्त्रालयको सीसीटीभीका विषयमा संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने, दिउँसो ४ बजे बैठक बस्ने

अर्थ मन्त्रालयको सीसीटीभीका विषयमा संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने, दिउँसो ४ बजे बैठक बस्ने

साझा पोष्ट
सोमबार, साउन ९ २०७९
  • images
    अर्थ मन्त्रालयको सीसीटीभीका विषयमा संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने, दिउँसो  ४ बजे बैठक बस्ने
    images
    काठमाडौं । बजेट बनाउँदा 'अनधिकृत व्यक्ति संलग्न भएको' विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणका विषयमा फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ । विहान बसेको समितिको बैठकमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेपछि विज्ञसँग परामर्श गर्ने निर्णय भएको हो । त्यसका लागि दिउँसो चार बजे फेरि बैठक बस्नेछ ।   बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जानकारी दिए । फरेन्सिक रिपोर्टमा गत जेठ १४ गतेकै भिडियो छ कि छैन भन्ने विषयमा भने अहिले केही भन्न नमिल्ने उनको प्रतिक्रिया छ । आर्थिक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा पेश गर्नु अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको तत्कालीन मन्त्री जनार्दन शर्मामाथि आरोप छ ।मन्त्रालयले १४ गतेको सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएपछि संसदीय समितिले रिकभरका लागि प्रहरीसँग सहयोग लिएको थियो । यो विषयमा छानबिन गर्न असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो र त्यही दिन तत्कालीन अर्थमन्त्री पदबाट जनार्दन शर्माले राजीनामा दिएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार