शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

संसदीय विशेष समितिले जनार्दन शर्माबारे सहमतिमै प्रतिवेदन दिने

संसदीय विशेष समितिले जनार्दन शर्माबारे सहमतिमै प्रतिवेदन दिने

साझा पोष्ट
मंगलबार, साउन १० २०७९
  • images
    संसदीय विशेष समितिले जनार्दन शर्माबारे सहमतिमै प्रतिवेदन दिने
    images
    काठमाडौं । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सहमतिकै आधारमा प्रतिवेदन लेख्ने भएको छ । नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले रिकभर गरी पठाएको सीसीटीभी फुटेज हेरेर फरेन्सिक विज्ञसँग समेत छलफल गरेको समितिले अब म्याद नमाग्ने र सहमतिमै प्रतिवेदन लेख्ने निर्णय गरेको हो । सुरुमा १० दिन पाएको समितिको काम नसकिएपछि साउन ५ मा ७ दिन म्याद थपिएको थियो । आज काम सकेपछि समिति प्रतिवेदनतिर लागेको छ । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । यही विवादमा परेपछि अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार