शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

पश्चिम सेती र एसआर- ६ आयोजना भारतीय कम्पनीलाई

पश्चिम सेती र एसआर- ६ आयोजना भारतीय कम्पनीलाई

साझा पोष्ट
सोमबार, साउन २३ २०७९
  • images
    पश्चिम सेती र एसआर- ६ आयोजना भारतीय कम्पनीलाई
    images
    काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग प्रारम्भिक सम्झौता गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको बोर्ड बैठकले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निर्णय गरेको हो । ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी– ६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बोर्डले जनाएको छ । ३२७ मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय पनि भएको लगानी बोर्डका सहसचिव अमृत लम्सालले जानकारी दिए । बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी काम गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार