शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सान्जेन जलविद्युत आयोजनाको कार्यालयमा तोडफोड

सान्जेन जलविद्युत आयोजनाको कार्यालयमा तोडफोड

साझा पोष्ट
आइतबार, साउन २९ २०७९
  • images
    सान्जेन जलविद्युत आयोजनाको कार्यालयमा तोडफोड
    images
    काठमाडौं । स्थानीय बासिन्दालाई सेयर कम भएको भन्दै सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरिएकाे छ । रसुवाका स्थानीयले सेयर कम बाँडफाँट गर्न लागेको भन्दै जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका हुन्। आयोजनाका एक अधिकारीका अनुसार एक हुल स्थानीयले कार्यालयको संरचनादेखि पार्किङ गरेका गाडी समेत तोडफोड गरेका छन । सान्जेन जलविद्युत कम्पनी लिमिटेड आईपीओ निष्काशनको तयारीमा छ। कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। तर स्थानीयहरुले भने १० प्रतिशत भन्दा धेरै स्थानीयलाई दिनुपर्ने माग राखेका छन । याे आयोजना रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा   छ। गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ का स्थानीयहरु यस योजनाको प्रारम्भिक समयदेखि नै प्रभावित थिए। त्यसैले कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार  क्षेत्रका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार