शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

दुबईबाट आएका एक युवकको एक्सरे गरी शौच गराउँदा निस्कियो एक किलो सुन

दुबईबाट आएका एक युवकको एक्सरे गरी शौच गराउँदा निस्कियो एक किलो सुन

साझा पोष्ट
आइतबार, भदौ ५ २०७९
  • images
    दुबईबाट आएका एक युवकको एक्सरे गरी शौच गराउँदा निस्कियो एक किलो सुन
    images
    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए । राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलुन आकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार