शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

महानगरको टोली न्यूरोड पुगेपछि व्यापारीहरु धमाधम सामान हटाउँदै (फोटो फिचर)

महानगरको टोली न्यूरोड पुगेपछि व्यापारीहरु धमाधम सामान हटाउँदै (फोटो फिचर)

साझा पोष्ट
सोमबार, भदौ १३ २०७९
  • images
    महानगरको टोली न्यूरोड पुगेपछि व्यापारीहरु धमाधम सामान हटाउँदै (फोटो फिचर)
    images
    काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिका अनधिकृत संरचना हटाउन आक्रामक रूपमा अघि बढेको छ। यसैक्रममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसहितको टोली आज न्युरोडमा रहेको सुरज आर्किड पुगेको छ । महानगरपालिकाको सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका छन् । अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो । नगर प्रहरीले सामान हटाउन समय दिने बताएको छ । र, अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् । सुरज आर्केड लगायतका व्यवसायिक भवनको बेसमेन्टमा भएका पसलहरु खालि गराउन निर्देशन दिएर नगर प्रहरीको टोली फर्किएको छ। न्युरोडको सुरज आर्केडमा रहेको बेसमेन्टमा राखिएका पसलहरु दिउँसो ४ बजेसम्ममा हटाउन निर्देशन दिइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।   अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार पारेर राखेको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर शाह आफैं पुगेर विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काएका थिए । पार्किङको लागि भनेर नक्सा स्वीकृति लिएको स्थानमा अन्य प्रयोजन गरेको भन्दै महानगरले उक्त संरचना हटाउन लागेको हो। महानगरले आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि सब वेमा बनेको अवैध संरचना हटाएको थियो।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार