चलचित्र निर्माता संघमा नवल खड्काको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् ।
खड्काको नेतृत्वमा सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो ।महासचिवमा सुनीलकुमार थापा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध भए ।सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय