शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

नागरिकता विधेयक प्रमाणीरकण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

नागरिकता विधेयक प्रमाणीरकण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    नागरिकता विधेयक प्रमाणीरकण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले दोस्रो पटक पनि पठाइएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने वा यो विषय अदालत जाने बताए । , ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ ।’ प्रचण्डले भने– दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ ।’ प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गरे । तर राष्ट्रपतिको मुड ठीक नभएको उनको बुझाई छ । ‘राष्ट्रपतिजीलाई दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन्, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै लाग्छ मलाई,’ प्रचण्डले भने, ‘हुन त केहीदिन अघि मैले राष्ट्रपतिजीसँग भेटेर कुरा गर्दा उहाँ चाहीँ यो विषयलाई पोलिटिकल विषय बनाउने मुडमा भएकै देखेको थिएँ ।’ राष्ट्रपतिले अघिल्लो पटक नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार