शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

पाँच दलबीच ९० प्रतिशत कुरा मिल्यो,भोलिसम्म टुंगिन्छ :झलनाथ खनाल

पाँच दलबीच ९० प्रतिशत कुरा मिल्यो,भोलिसम्म टुंगिन्छ :झलनाथ खनाल

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    पाँच दलबीच ९० प्रतिशत कुरा मिल्यो,भोलिसम्म टुंगिन्छ :झलनाथ खनाल
    images
    पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिट बाँडफाँड  ९० प्रतिशत टुंगिएको बताएका छ्न । समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा खनालले आइतबारसम्म सबै सहमति भैसक्ने बताए । अहिलेको चुनाव दुई गठबंधनबीच हुन लागेको खनालले बताए । "यो चुनाव पाँच दल र एमाले-राप्रपा गठबंधनबीच हुनेवाला छ ।" खनालले भने- सिंगो देशले यो चुनावलाई हेरिरहेको छ । हामी वार्तामा छौँ, हामी सहमतिको नजिक पुगेका छौँ, पर्सिसम्म हामी सहमतिमा पुग्छौँ ।” खनालले वाम एकता देशको आवश्यकता भएपनि हुन नसकेको बताए । आफ्नो पार्टीको माओवादीसंग कार्यगत एकता हुने उनले बताए । अहिले विवादमा परेको नागरिकता विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको नेता खनालले उल्लेख गरे । त्यस बेला प्रगतिशील भनिएको यो विधेयकका सम्बन्धमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार