Sajha Post
भाटभटेनीसहित कोटेश्वरका अनधिकृत संरचना महानगरले भत्कायो
Maha-nagar__2
nepatop
काठमाडौं। काठमाडौं महानगरपालिकाले कोटेश्वरको भाटभटेनीसहितका अनधिकृत संरचनामा डोजर चलाएको छ। भाटभटेनीमा अनधिकृत संरचना बनाएको भन्दै डोजर लगाइएको हो ।। भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । महानगरले केही दिन अघिदेखि फुटपाथ मिचेर राखेको होर्डिङ बोर्ड, होटेल, टहरालगायतका संरचना डोजर लगाएर हटाइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update