शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

नेपालमा अमेरिकाको सक्रियता बढेको भन्दै चिनीयाँ नेता लीको चासो र चिन्ता

नेपालमा अमेरिकाको सक्रियता बढेको भन्दै चिनीयाँ नेता लीको चासो र चिन्ता

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    नेपालमा अमेरिकाको सक्रियता बढेको भन्दै चिनीयाँ नेता लीको चासो र चिन्ता
    images
    काठमाडौं । चिनीयाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले एमसीसी र एसपीपीबारे चासो राख्दै नेपालमा अमेरिकी सक्रियता बढेकोमा चिन्ता व्यक्त गरेका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा लीले नेपालमा अमेरिकाको सक्रियता बढेकोमा चासो र चिन्ता जाहेर गरेका हुन । अध्यक्ष लीले तिब्बती परिचय पत्र र नेपालबाट पारित भएको एमसीसी परियोजनाको विषयमा जिज्ञासा राखेका भेटवार्तामा सहभागी माओवादीका एक नेताले जानकारी दिए । तर प्रचण्डले लीलाई यी विषयमा आश्वस्त पार्ने कोशिस गरेका छन । ‘तिब्बती परिचयपत्र, एमसीसी र एसपीपीका विषयमा उहाँको चासो थियो ।’ ती नेताले भने । तर अध्यक्ष प्रचण्डले नेपालको भूगोलबाट चीनविरुद्धको कुनैपनि गतिविधि हुन नदिने प्रष्ट पारेका छन । ‘एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध भएकोले चीनविरुद्ध कुनै पनि गतिविधि हुँदैन, चीनसँग सीमा जोडिएको क्षेत्र वरिपरिका भौगोलिक सीमाना, र भूगोलमा त्यसखालको गतिविधि हुन दिदैँन।’ प्रचण्डले भने । प्रचण्डले एमसीसी पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको र त्यो ऐनकै रुपमा रहेको बताए । त्यसैले यसबाट अन्तराष्ट्रिय सम्बन्धमा कुनै असर नपर्ने दाबी पनि गरे । ‘हामीले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर संसदबाट नेपालको हितमा हुनेगरी एमसीसी पास गरिएको हो, यसमा सबै दलहरूको समर्थन छ,’ प्रचण्डले भनाई उधृत गर्दै उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धमा असर नगर्ने गरी पास गरिएको हो।’ ली आफैले अमेरिका नेपालमा सक्रिय भएको बताए पनि पछिल्ला केही वर्ष यता चीनले पनि नेपालमा सक्रियता देखाइरहेको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार