शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

टीआरसी विधेयक: द्वन्द्वकालीन मुद्दाको फैसलामा पुनरावेदनकाे व्यवस्था राख्न प्रचण्ड सहमत

टीआरसी विधेयक: द्वन्द्वकालीन मुद्दाको फैसलामा पुनरावेदनकाे व्यवस्था राख्न प्रचण्ड सहमत

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    टीआरसी विधेयक: द्वन्द्वकालीन मुद्दाको फैसलामा पुनरावेदनकाे व्यवस्था राख्न प्रचण्ड सहमत
    images
    काठमाडौं । द्वन्द्वकालीन घटनामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जान सक्ने व्यवस्था राख्न माओवादी केन्द्र सहमत भएको छ । मानव अधिकारका गम्भीर उल्लंघनका घटनाका द्वन्द्वकालीन मुद्दाबारे विशेष अदालतको फैसला चित्त नबुझे पुनरावेदन दिन पाउनु पर्ने पीडितका माग सम्बोधनका लागि माओवादी केन्द्र तयार भएको हो । सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथि छलफल गरिरहेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विधेयकलाई सहमतिबाटै पारित गर्नुपर्नेमा जोड दिए । मानवअधिकारको गम्भीर उल्लंघनबारे पीडित र मानवअधिकार आयोगले उठाएको चासोलाई सकेसम्म सम्बोधन गर्नुपर्ने उनले बताए । ‘हामीले सहमतिका साथ टुंग्यायौं भन्दा जाने सन्देश एउटा हुन्छ । सहमति हुन सकेन वा अल्पमत बहुमत गरेर टुंग्यायौं भन्दा जाने सन्देश अर्को हुन्छ ।’ प्रचण्डले भने । सरकारले ल्याएको विधेयकमा मानवअधिकार उल्लंघन र मानवअधिकारको गम्भीर उल्लंघन भनेर छुट्याइएको छ । यसमा पीडित पक्षले विरोध गरेपछि के गर्ने भन्ने बहस चलिरहेका बेला प्रचण्ड पूनरावेदन राख्नेमा सहमत भएका हुन । समितिको छलफलमा माओवादी नेता वर्षमान पुनले स्वेच्छाचारी हत्या राख्न सकिने बताए । त्यसमा सहमति जनाउँदै प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जाने व्यवस्था राख्न सकिने पनि बताए । सरकारले ल्याएको विधेयकमा पुनरावेदनको व्यवस्था छैन, तर पीडितहरुले त्यसको विरोध गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अपीलको कुरा सडकमा पनि उठेको छ, भाषा मिलाएर राखिदिउँ भन्नेमा छु म ।’ द्वन्द्वकालीन घटनालाई पीडित पक्षको समेत सहमति हुनेगरी समाधानको पहल गर्नुपर्ने प्रचण्डले बताएका छन्।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार