शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

भुटानलाई ८–० ले हराउँदै बंगलादेश साफ महिला फूटबलको फाईनलमा

भुटानलाई ८–० ले हराउँदै बंगलादेश साफ महिला फूटबलको फाईनलमा

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    भुटानलाई ८–० ले हराउँदै बंगलादेश साफ महिला फूटबलको फाईनलमा
    images
    काठमाडौं । बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराउँदै बंगलादेश पहिलो उपाधि नजिक पुगेको हो ।पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप चार गोल गर्यो । बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरे । अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार