शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

माओवादी केन्द्रले भोलिमात्र समानुपातिक सूचिलाई अन्तिम रुप दिने

माओवादी केन्द्रले भोलिमात्र समानुपातिक सूचिलाई अन्तिम रुप दिने

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    माओवादी केन्द्रले भोलिमात्र समानुपातिक सूचिलाई अन्तिम रुप दिने
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलीमात्र समानुपातिक सूचीलाई अन्तिम रुप दिने भएको छ । माओवादीले भोलि बिहान ९ बजे बैठक बसेर समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने भएको हो । आज बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको हो । सात भौगोलिक र तीन गैरभौगोलिक क्षेत्रबाट समानुपातिकमा धेरै जनाको नाम आएकाले सबै प्रदेशलाई पुनः एक पटक सर्ट लिष्ट गरेर नाम पठाउन निर्देशन दिइएको छ । प्रदेशले सर्ट लिष्ट गरेर पठाएमा भोलि बस्ने पदाधिकारी बैठकले निर्णय गर्छ । आज बसेको पदाधिकारी बैठकले अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याउने विषयमा छलफल भएको सचिव गणेश साहले बताए । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पराजित  र राजनीतिक नियुक्ति लिइसकेका व्यक्ति समानुपातिकमा नराख्ने भन्ने छ । मंसिर ४ का लागि तय भएको प्रादेशिक र संसदीय निर्वाचनका लागि आयोगले आइतबार र सोमबार गरी दुई दिन दलहरुलाई समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउन भनेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार