शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

राष्ट्रपतिलाई राजीनामा दिएर चुनाव लड्न मिलन पाण्डेको सुझाव

राष्ट्रपतिलाई राजीनामा दिएर चुनाव लड्न मिलन पाण्डेको सुझाव

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    राष्ट्रपतिलाई राजीनामा दिएर चुनाव लड्न मिलन पाण्डेको सुझाव
    images
    काठमाडौं ।विवेकशीलका नेता अनिल पाण्डेले संविधान मिचेर पदमा नबस्न बरु राजीनामा दिएर चुनाव लड्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन । सामाजिक सञ्जालमा टिप्पणी गर्दै पाण्डेले नागरिकता विधेयक प्रमाणीकरण नगरेको आपत्ति जनाएका हुन । पाण्डेले संविधान भन्दा माथि कोही पनि नरहेको टिप्पणी गरेका छन । ‘पदमै रहेर राष्ट्रपतिले संविधान मिच्न मिल्दैन। यदि चित्त नबुझेकै हो भने पदबाट राजीनामा दिएर निर्वाचन लड्दा हुन्छ।’ पाण्डेले लेखेका छन– तर, त्यो पदमा रहेर एउटा पार्टीको राजनीति गर्न मिल्दैन। एकचोटी होइन, दुई चोटी होइन, बारम्बार त्यही हुँदैछ। संविधानभन्दा माथि कोही छैन। विधिको शासनभन्दा माथि कोही छैन।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार