आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी, उनीहरुको सम्मानपूर्ण जीवन सुनिश्चित गरौं :राष्ट्रपति

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी, उनीहरुको सम्मानपूर्ण जीवन सुनिश्चित गरौं :राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन्। ३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिवार शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकी हुन्। 

साझा पोष्ट
शनिबार, असोज १५ २०७९
  • images
    ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी, उनीहरुको सम्मानपूर्ण जीवन सुनिश्चित गरौं :राष्ट्रपति
    images

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन्। ३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिवार शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकी हुन्। 


    images
    images

    ज्येष्ठ नागरिक आफ्नो जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी भन्दै उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्नेमा जोड दिएकी छन ।  

    राष्ट्रपतिले सन्देशमा भनेकी छन– ज्येष्ठ नागरिकमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ ।’  

    आफ्नो जीवनको ऊर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्तालगायत सेवा र सुविधाको व्यवस्था गरेको जनाउँदै उनले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई थप विस्तार गर्दै लैजानुपर्ने बताएकी छन्।

    “बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने ‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्वलाई आत्मसात् गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु”, राष्ट्रपतिले सन्देशमा भनेकी छन्।

    संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गरेपछि विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका  रूपमा मनाउने गरिएको छ। संयुक्त राष्ट्रसङ्घले  ‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ भन्ने मूल विषय निर्धारण गरेको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार