शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

चार पटकको विश्व विजेता जर्मनीमाथि जापानको शानदार जित

चार पटकको विश्व विजेता जर्मनीमाथि जापानको शानदार जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा  जापानले जर्मनीमाथि सानदार जित निकालेको छ  । खालिफा अन्तराष्ट्रिय स्टेडियममा केहीबेर अघि सकिएको खेलमा जापानले जर्मनीलाई २-१ ले हराएको हो । शक्तिशाली टिमले पराजय गर्ने बेहोर्ने क्रममा आज जर्मनी जापानको शिकार भयो । हिजो दुई पटकको विजेता अर्जेन्टिना साउदी अरेबियासँग हारेको थियो । 

साझा पोष्ट
बुधबार, मंसिर ७ २०७९
  • images
    चार पटकको विश्व विजेता जर्मनीमाथि जापानको शानदार जित
    images

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा  जापानले जर्मनीमाथि सानदार जित निकालेको छ  ।


    images
    images

    खालिफा अन्तराष्ट्रिय स्टेडियममा केहीबेर अघि सकिएको खेलमा जापानले जर्मनीलाई २-१ ले हराएको हो । शक्तिशाली टिमले पराजय गर्ने बेहोर्ने क्रममा आज जर्मनी जापानको शिकार भयो । हिजो दुई पटकको विजेता अर्जेन्टिना साउदी अरेबियासँग हारेको थियो । 

    एसियाली पावर हाउस जापानले युरोपियन प्रतिद्वन्दी चार पटकको विश्वविजेतामाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकाल्यो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए ।

    जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

    पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

    खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए । मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

    जापान समूह 'ई' को शीर्ष स्थानमा छ ।जर्मनी पुछारमा  छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार