शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

जेष्ठ सांसद पहिचान गर्न कठिन, कस्ले खुवाउला शपथ ?

जेष्ठ सांसद पहिचान गर्न कठिन, कस्ले खुवाउला शपथ ?

काठमाडौं । संसद् सचिवालयले निर्वाचन आयोगबाट अन्तिम परिणाम प्राप्त भएसँगै निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउने तयारी थालेको छ । शपथग्रहणका लागि ज्येष्ठ सदस्यको उमेर यकिन गर्न आयोगलाई पत्राचार गरेको छ । '‘प्राप्त भएको अन्तिम परिणाममा सदस्यहरूको उमेरगत विवरण खुलाएको छैन । त्यसैले ज्येष्ठ सदस्य पहिचानका लागि निर्वाचन आयोगमा भएको विवरणबमोजिम उमेरगत विवरण खुलाइदिन भनेर पत्राचार गरेका छौँ,’ सहायक प्रवक्ता धमलाले भने ।

साझा पोष्ट
शनिबार, पुस २ २०७९
  • images
    जेष्ठ सांसद पहिचान गर्न कठिन, कस्ले खुवाउला शपथ ?
    images

    काठमाडौं । प्रतिनिधिसभामा ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाए पनि १० राजनीतिक पार्टीले संसदीय दलको सुविधा पाउने भएका छन् ।


    images
    images

    ६१ राजनीतिक दलले निर्वाचनमा भाग लिएकामा अन्तिम परिणामअनुसार १२ दल र पाँच स्वतन्त्र सांसद निर्वाचित भएका छन् । जसमध्ये १० पार्टीले संसदीय दलको सुविधा पाउने संघीय संसद् सचिवालयले जनाएको छ । 

    कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको सुविधा पाउने भएका हुन् ।

    ०७४ मा नौ दलले चुनाव जितेकामा पाँच दलले मात्रै संसदीय दलको सुविधा पाएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रतिनिधिसभामा दुईजना सांसद निर्वाचित भएको दलले संसदीय दल गठन गर्न पाउने व्यवस्था छ ।

    संसदीय दलको सुविधा पाउने दललाई संसद् सचिवालयले कार्यालय र बैठक कक्षको व्यवस्थापन गर्छ । दलको नेतालाई कानुनअनुसार गाडीसहित मासिक पारिश्रमिक र भत्ता उपलब्ध गराइन्छ । 

    प्रमुख सचेतकको सुविधाका लागि भने दललाई कम्तीमा १० सांसद चाहिन्छ । संसदीय दलको सुविधा पाउने हैसियत बनाएका १० दलमध्ये सातले मात्रै प्रमुख सचेतकको सुविधा पाउनेछन् ।

    प्रमुख सचेतकले गाडी र भत्तालगायतको सुविधा पाउँछन् । १० मात्रै सांसद भएको एकीकृत समाजवादीले पनि प्रमुख सचेतकको सुविधा पाउने भएको छ । जनमत, नागरिक उन्मुक्ति र लोसपाले भने प्रमुख सचेतकको सुविधा पाउनेछैनन् । यद्यपि, दलभित्र आन्तरिक रूपमा उनीहरूले प्रमुख सचेतक चयन गर्न सक्ने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

    ज्येष्ठ सदस्य यकिन गर्न पत्राचार
    संसद् सचिवालयले निर्वाचन आयोगबाट अन्तिम परिणाम प्राप्त भएसँगै निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउने तयारी थालेको छ । शपथग्रहणका लागि ज्येष्ठ सदस्यको उमेर यकिन गर्न आयोगलाई पत्राचार गरेको छ ।

    '‘प्राप्त भएको अन्तिम परिणाममा सदस्यहरूको उमेरगत विवरण खुलाएको छैन । त्यसैले ज्येष्ठ सदस्य पहिचानका लागि निर्वाचन आयोगमा भएको विवरणबमोजिम उमेरगत विवरण खुलाइदिन भनेर पत्राचार गरेका छौँ,’ सहायक प्रवक्ता धमलाले भने ।

    विवरण प्राप्त भएपछि ज्येष्ठ सदस्यको पहिचान गरिने र राष्ट्रपति कार्यालयसँग समन्वय गरेर शपथ गराइने उनले बताए । त्यसपछि ज्येष्ठ सदस्यबाट अरू सदस्यलाई शपथ गराउन सम्बन्धित दल र सरकारसँग समन्वय गरेर शपथग्रहण समारोह आयोजना गरिनेछ । यसका लागि सबै दलसँग सम्पर्क गरेर सचिवालयले सर्वदलीय बैठक आयोजना गर्ने धमलाले जानकारी दिए ।

    कसले खुवाउला सपथ

    आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये ज्येष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन सचिवालयले आयोगलाई पत्राचार गरेको हो ।

    राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीन जना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ ।

    लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपाका पशुपति शम्शेर जबराको उमेर ८० वर्ष पुगेको आयोगको विवरणमा उल्लेख छ ।

    उमेरका हिसाबले तीन जनामध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । आयोगको विवरण अनुसार महिन्द्र राय यादवको उमेर ८५ वर्ष पुगेको छ । तर, आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाझिएको छ ।

    यादवले नागरिकता बनाउँदा आफ्नो उमेर बढाइएको बताएका छन् । यसअघि २०७४ सालको प्रतिनिधि सभामा पनि यादव उपस्थित नभएपछि महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा सांसदहरुको पद तथा गोपनीयताको शपथ गराएका थिए ।

    आयोगले विवरण पठाएपछि त्यसको परीक्षण गर्ने र शपथ ग्रहणको कार्यक्रम राख्ने संसद् सचिवायलको तयारी छ ।

     सम्बन्धित समाचार

    मधेश प्रदेशमा पनि संघको जस्तै समस्या: सांसदलाई सपथ कस्ले खुवाउने ?

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार