शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

अर्थतन्त्रको अवस्थाबारे गभर्नर र अर्थमन्त्रीसँग प्रधानमन्त्रीको छलफल

अर्थतन्त्रको अवस्थाबारे गभर्नर र अर्थमन्त्रीसँग प्रधानमन्त्रीको छलफल

साझा पोष्ट
बुधबार, पुस २० २०७९
  • images
    अर्थतन्त्रको अवस्थाबारे गभर्नर र अर्थमन्त्रीसँग प्रधानमन्त्रीको छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् ।


    images
    images

     पौडेल र अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयबारे  कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुबारे चासो राखेका थिए । 

    छलफलका क्रममा अहिले कायम बैंकहरुको ब्याजदर घटाउन र तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अरु पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्। 

    छलफलका प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न पनि दुवैजनालाई आग्रह गरेका छन्। 


    प्रधानमन्त्रीले अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न, अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित गरेर सचेत बनाउन आवश्यक रहेको पनि बताएका छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार