शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

संकटका बेला पहिलो पटक चार ब्याट्सम्यानको अर्धशतक

संकटका बेला पहिलो पटक चार ब्याट्सम्यानको अर्धशतक

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    संकटका बेला पहिलो पटक चार ब्याट्सम्यानको अर्धशतक
    images

    काठमाडौं । अन्तिम तथा निर्णायक खेलमा यूएईले नेपालविरुद्ध अविश्वसनीय प्रर्दशन गर्यो । नेपाली बलरमाथि हावी हुँदै आसिफ खानले ४१ बलमै शतक हानेपछि पाहुना टोलीले कीर्तिपुरमा ३१० रनको विशाल योगफल खडा गर्यो । जुन नेपालले अहिलेसम्म एकदिवसीय क्रिकेटमा पाएको सबैभन्दा ठूलो लक्ष्य थियो । त्यसैले नेपालले जित्नेमा धेरै क्रिकेट प्रेमी आशमा थिएनन् । एक त विशाल योगफल त्यसैमाथि शुरुमै विकेट झर्न थालेपछि स्थिति झन निराशपूर्ण बन्यो । ६ रनमा दुई विकेट गुमाएको नेपालले ३७ रनमा तेस्रो विकेट गुमायो । तर विस्तारै नेपालले खेलमा फर्किने संकेत देखायो । र चार ब्याटरले अर्धशतक बनाए । जसको जगमा नेपालले महत्वपूर्ण जित निकाल्दै जिम्वाबेमा हुन विश्वकप क्वालिफायरमा स्थान बनायो । चार जना नेपाली ब्याटरले पहिलो पटक अर्धशतक बनाएका हुन । 
    कसले कति रन बनाए 
    भीम सार्की ६७ 
    आरिफ शेख ५२ 
    कुशल भूर्तेल ५० 
    गुल्सन झा नटआउट ५० 


    images
    images

    kushal century1676373478.jpg
    कप्तान रोहित पौडेल आउट भैसकेपछि नेपाल निकै दबाब र संकटको अवस्थामा थियो । तर कुशल भुर्तेल र भीम सार्कीले निकै महत्वपूर्ण साझेदारी गरे र व्यक्तिगत अर्धशतकीय योगदान दिए । यी दुईको जोडीले चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्यो । कुशल ५० रन बनाएर आउट भएपछि भीम सार्कीले आरिफ शेखसँग राम्रो साझेदारी गरे । यो जोडीले ८३ रनको साझेदारी गर्यो । 

    bhim sarki1678091508.jpg
    ७६ बलको सामना गरेका भीम ९ चौकाको मद्दतमा ६७ रन बनाएर आउट भए । त्यसपछि आरिफले गुल्सन झासँग मिलेर छैटौं विकेटका लागि ४४ रनको योगदान गरे । आरिफ ५२ रन बनाएर छैटौं विकेटका रुपमा आउट भए जतिबेला टिमको स्कोर २२५ थियो र ३९ ओभर एक बलको खेल भएको थियो ।

    aasif1678337604.jpg

    त्यसपछि दीपेन्द्र सिंह ऐरी क्रिजमा आए । दीपेन्द्रसँग मिलेर गुल्सन झाले ४४ रन जोडे र, नेपाल ४४ ओभरमा २६९ को स्कोरमा पुग्यो । त्यसपछि खराब प्रकाशका कारण खेल अघि बढ्न सकेन । त्यतिबेला गुल्सन  ५० रन बनाएर क्रिजमा थिए । गुल्सनले ४२ औं ओभरमा २० रन ठोके । यही ओभर नै डिएलमा जित हासिल गर्न निर्णायक सावित भयो । महम्मद वसिमको बलमा गुल्सनले तीन चौका र एक छक्का प्रहार गरे गर्दै २० रन जोडेका थिए । 

    gulshan jha 11678967223.PNG

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार