
विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् ।
पाँचथर सदरमुकाम फिदिममा बिहान पार्टी निकटको समाजवादी प्रेस संगठन पाँचथरले गरेको पत्रकार सम्मेलनमा खनालले आफ्नो पार्टीलाई तीनवटा राम्रा मन्त्रालय दिनुपर्ने तर्क गरे । आफ्नो पार्टीले खेलेको भूमिकाबाट यो सरकार निर्माण भएको भन्दै खनालले भने, ‘हाम्रो योगदानलाई बेवास्ता गरे एकीकृत समाजवादी सरकारमा सभागी हुँदैन ।’
तर कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु भने लामो नहुने खनालको तर्क थियो । ‘कुनै पनि दलको बहुमत नपुग्नु ठूलो दुर्भाग्य हो, खनालले भने, ‘वर्तमान सरकार धेरै दलहरूलाई मिलाएर गठन गरिदैछ । यस्तो परिस्थितिमा कुन दल कतिखेर भड्किन्छ र सरकार कति बेला ढल्छ भन्ने टुंगो छैन् ।’
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय