शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

रास्वपालाई सरकारमा जान हतारो : को को छन् मन्त्रीका आकांक्षी ?

रास्वपालाई सरकारमा जान हतारो : को को छन् मन्त्रीका आकांक्षी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस परिरहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुको आकांक्षा बढिरहेको छ । कुन कुन दललाई सरकारमा सहभागि गराउने भन्नेमा दलहरुको छलफल चलिरहेको छ ।

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    रास्वपालाई सरकारमा जान हतारो : को को छन् मन्त्रीका आकांक्षी ?
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस परिरहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुको आकांक्षा बढिरहेको छ । कुन कुन दललाई सरकारमा सहभागि गराउने भन्नेमा दलहरुको छलफल चलिरहेको छ ।


    images
    images

    साना एक सिटे दलहरुलाई सरकारमा सहभागि नगराउने तयारी भइरहेको छ । तर संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने सरकारमा जान हतारो भएको छ । 

    रास्वपा फेरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपा सरकारमा सहभागीको तयारीमा जुटेको हो । 

    पुस १० गते हालको प्रचण्ड नेतृत्वको सरकारलाई पहिलो पटक विश्वासको मत दिएर माघ २२ मा सरकारबाट बाहिरिएको रास्वपाले फागुन ६ गते सरकारलाई दोस्रो पटक विश्वासको मत दिएसँगै पुन सरकारमा जान लागेको हो । यसअघि गृह मन्त्रालय नपाएको झोँकमा सरकारबाट बाहिरिएको रास्वपाले गृह मन्त्रालयमा पुनः दाबी गरेको छ । 

    तर रास्वपाले गृह मन्त्रालय पाउने नपाउने यकिन भइसकेको छैन । रास्वपाले ३ वटा मन्त्रालय पाउने सम्भावना भएपनि पार्टीबाट मन्त्रीको आकांक्षी करिब आधा दर्जन छन् । 

    डोलप्रसाद अर्याल
    समानुपातिक सांसद डोलप्रसाद अर्यालले फेरी मन्त्री बन्ने रहर गरेका छन् । तर सभापति रवि लामिछानेको अनुपस्थितीमा संसदीय दलका नेताका रूपमा संसद्मा सक्रिय रहनुपर्ने भएकाले उनलाई मन्त्रालय पठाउन नहुने मत पनि पार्टीमा देखिएको छ । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका उपाध्याय पार्टीको उपसभापति हुन् । अर्यालको पृष्ठभूमि रेमिटेन्स व्यवसायी हो । 

    बिराजभक्त श्रेष्ठ
    काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद बिराजभक्त श्रेष्ठ पनि मन्त्रीको सूचिमा छन् । श्रेष्ठ बागमती प्रदेश सभाका पूर्व सांसद हुन र संसदीय राजनीतिमा अनुभवी मानिन्छन् । काठमाडौंको सम्पदा संरक्षणमा सक्रिय भूमिका खेलेको र युवालाई जोड्न सक्ने भन्दै श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने आवाज पार्टीभित्र बलियो छ । 

    शिशिर खनाल
    यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका खनाल पनि फेरी मन्त्री बन्ने लाइनमा छन् । शैक्षिक पृष्ठभूमिका खनाल काठमाडौं ६ बाट निर्वाचित सांसद हुन ।

    सोविता गौतम
    काठमाडौं २ बाट निर्वाचित गौतम पनि पार्टीबाट मन्त्री बन्ने तयारीमा छिन् ।  पत्रकारिता र कानुन व्यवसायको अनुभव बटुलेकी गौतमलाई मन्त्री बनाउँदा पार्टीबाट राम्रो संन्देश जाने नेता तथा कार्यकर्ताको चाहना रहेको रास्वपा भित्र चर्चा हुने गरेको छ ।

    सन्तोष परियार
    परियारलाई पनि पार्टीले मन्त्री बनाउने लाइनमा राखेको छ । पूर्व मिडियाकर्मी र राम्रो छवि भएका परियारलाई मन्त्री बनाउँदा पार्टीबाट सबै समुदायको प्रतिनिधित्व हुने बुझाई छ ।

    मनीष झा 
    समानुपातिक सांसद झा पनि मन्त्रीका  आकांक्षी छन । पार्टीको विचार स्पष्टसँग राख्न सक्ने वक्ताका रुपमा उनले  परिचय बनाएका छन् । मन्त्रीका आकांक्षी सबै आश गरिएका व्यक्ति हुन् ।

    रास्वपाले चाहेका र सांसदले आश गरेका मन्त्रालय

    रास्वपाले सरकारसँग गृहसहित महत्वपूर्ण मन्त्रालय मागेको छ । तर, गृहमन्त्रालय नपाउने निश्चित जस्तै भएपछि उसले अन्य मन्त्रालयहरुमा आफ्नो दावी पेश गरेको छ ।

    सरकारसँग रास्वपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, कानुन, न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मागेको छ ।

    पार्टीबाट मन्त्री हुन आकांक्षा राख्ने मन्त्रीहरु डोलप्रसाद अर्याल श्रम, बिराजभक्तले भौतिक पूर्वाधार वा वन, सोविताले कानुन, शिशिर र सन्तोषले शिक्षा मन्त्रालयको आश गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार