शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

माओवादीको निर्णय: पर्सिसम्म मन्त्रिपरिषद विस्तार, प्रचण्डले गठबन्धनमा भागबण्डाको खाका पेश गर्ने 

माओवादीको निर्णय: पर्सिसम्म मन्त्रिपरिषद विस्तार, प्रचण्डले गठबन्धनमा भागबण्डाको खाका पेश गर्ने 

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    माओवादीको निर्णय: पर्सिसम्म मन्त्रिपरिषद विस्तार, प्रचण्डले गठबन्धनमा भागबण्डाको खाका पेश गर्ने 
    images

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत १३ गते (सोमबार) सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकले सोमवारसम्म सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । 


    images
    images

    सोमबारसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। त्यसै अनुसार प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा भागबण्डाको प्रस्ताव पेश गर्नेछन् । 

    बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा संसद संचालन, सरकार र पार्टीबीचको सम्बन्ध कसरी जोड्ने र मन्त्रिपरिषद् विस्तार टुंगोमा पुर्‍याउनेबारे छलफल भएको सचिव पौडेलले जानकारी दिए। साथै, बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को विषय कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमा पनि सामान्य छलफल भएको उनले बताए।

    ‘संसदलाई सूचारु गर्नेबारेमा कसरी जाने, विभिन्न गठबन्धनमा रहेका पार्टीसँग छलफल गरेर कसरी अघि बढाउने, टीआरसी टुंग्याउने विषयमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल भयो,’ पौडेलले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने। त्यस्तै, सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने विषयमा पनि आजको बैठकमा छलफल भएको छ। 
    त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलले बताए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार