
काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवार रवि लामिछानेले मतको संख्या ५० हजार कटाएका छन्।
पछिल्लो परिणाम अनुसार उनले ५० हजार २९ मत पाएका छन् । रविले मंसिर ४ को चुनावमा आफूले प्राप्त गरेको नतिजाको आफ्नै रेकर्ड तोडेका छन्। मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए।
तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गएको थियो। सोही कारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो।
अब १० हजारजति मत मात्र गन्न बाँकी छ।
सो क्षेत्रमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ९ हजार १ सय ६५ मतका साथ दोस्रो स्थानमा छन्। नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
यसैबीच रास्वपाका उम्मेदवार रविले मतान्तरमा पनि रेकर्ड बनाएका छन्। अहिलेसम्म जारी मत गणनामा उनले ३१ हजार ९ सय ८७ मतान्तर बनाइसकेका छन्।