शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

चेन्नईले पाँचौ पटक जित्यो आईपीएलको उपाधि

चेन्नईले पाँचौ पटक जित्यो आईपीएलको उपाधि

साझा पोष्ट
सोमबार, जेठ १५ २०८०
  • images
    चेन्नईले पाँचौ पटक जित्यो आईपीएलको उपाधि
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जित्न चेन्नई सुपर किङ्सले जितेको छ ।


    images
    images

    फाईनलमा साविक विजेता गुजरात टाईटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौ पटक उपाधि जितेको हो । अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १३ रन चाहिएको थियो ।

    तर शुरुवाती चार बलमा मात्र तीन रन जोडेको चेन्नईका लागि अन्तिम दुई बलमा रवीन्द्र जडेजाले १० रन जोडेर उपाधि जिताए । उनले पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गरेर जित दिलाए । चेन्नईका लागि डेबोन कोन्वेले २५ बलमा ४७, अजिङ्क्य रहानेले १३ बलमा २७, ऋतुराज गायकवाडले १६ बलमा २६ रन अम्बाती रायडुले ८ बलमा १९ रन बनाए । 

    शिव दुवे २१ बलमा ३२ रन बनाएर नटआउट रहे भने रवीन्द्र जडेजाले ६ बलमा निर्णायक १५ रन जोडे । उनी नटआउट रहे । 

    dube1685391267.jpg

    पहिले ब्याटिङ गरी साविक विजेता गुजरातले ४ विकेटको क्षतिमा २१४ रन बनाएपछि पानी परेर खेल रोकिएका कारण चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो । जसलाई चेन्नईले पाँच विकेटको क्षतिमा अन्तिम बलमा पुरा गर्यो । 

     यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको साविक विजेता घरेलु टोली  विकेट गुमाएर २१४ रनको विशाल योगफल खडा गरेको थियो । 

     गुजरातका लागि सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको इनिङ खेले । उनी अन्तिम ओभरमा छक्का हान्ने कोशिसमा आउट भए । 

    गुजरातका अनुभवी विकेटकिपर ऋद्धिमान शाह ३९ बलमा ५ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । त्यस्तै शुभमन गिल २० बलमा ७ चौकासहित ३९ रन बनाएर आउट भए । 

    हार्दिक पान्ड्या १२ बलमा २ छक्कासहित २१ रनमा नट आउट रहे । तेस्रो चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एक विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ५६ रन दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार