शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड, विदेश राज्यमन्त्रीले स्वागत गर्ने

दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड, विदेश राज्यमन्त्रीले स्वागत गर्ने

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड, विदेश राज्यमन्त्रीले स्वागत गर्ने
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँदिल्ली  पुगेका छन् । 


    images
    images

    दिउँसो १ः२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत गएका उनी पौने तीन बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नेछन् ।  लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा पुगेका छन् ।

    विमानलस्थलबाट ब प्रचण्ड नेतृत्वको टोली सीधै सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छ। प्रचण्डसहितका अतिथिलाई होटल मौर्यमै बस्ने व्यवस्था मिलाइएको छ। सोही होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री प्रचण्डलाई छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । 

    हैदरावाद हाउसमा विहीवार बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्याइएको छ। भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी छन्। टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन्।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने छ। गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि  प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार