बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

साझा पोष्ट
बुधबार, पुस ४ २०८०
  • images
    बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषदको निर्णय
    images

    काठमाडौं । बागमती प्रदेश सरकारले १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य मन्त्रालयमा प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीको संगठन संरचना स्वीकृत पनि गरेको छ ।


    images
    images

    प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए ।

    मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

    यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नति गरिनेछ ।सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०-५० बेडमा स्तरोन्नति हुने छन् ।

    बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ३ गतेकै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार