बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै ग्लोबल आइएमई बैंक , कहाँ कहाँ हुँदैछ शिविर ?

सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै ग्लोबल आइएमई बैंक , कहाँ कहाँ हुँदैछ शिविर ?

साझा पोष्ट
सोमबार, पुस ९ २०८०
  • images
    सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै ग्लोबल आइएमई बैंक , कहाँ कहाँ हुँदैछ  शिविर ?
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले  १७औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।


    images
    images

    पुस १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ ।  अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सात वटै प्रदेशमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

    प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।यस अन्तर्गत बैंकले पुस ४ गते बुधवार सूदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाको स्वास्थ्य जाँच भएको बैंकले जनाएको छ । 

    यसैगरी, बैंकले अरु छ वटा प्रदेशहरुमा पुस महिनामा शिविरहरु सञ्चालन गर्दैछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ८ चितवनस्थित गौरीगञ्ज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रवार, लुम्बिनी प्र देशमा रैनादेवी छहरा गाउँपालिका वडा नं ३, पाल्पा स्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते मंगलबार, कर्णाली प्रदेशको विरेन्द्रनगर नगरपालिका वडा नं १३, सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकी, पुस १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीस्थित पोखरे बजार आधारभुत विद्यालय,पुस २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते शनिबार स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ । 

    स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने  बैंकको विश्वास छ । 
    ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार