शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

संसदीय समितिमा स्वास्थ्य सचिवले गरे गम्भीर समस्या आउन सक्ने संकेत 

संसदीय समितिमा स्वास्थ्य सचिवले गरे गम्भीर समस्या आउन सक्ने संकेत 

५ सय शय्यासम्मका केन्द्रीय अस्पताल बन्द हुने अवस्थामा

साझा पोष्ट
मंगलबार, माघ २ २०८०
  • images
    संसदीय समितिमा स्वास्थ्य सचिवले गरे गम्भीर समस्या आउन सक्ने  संकेत 
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले देशको स्वास्थ्य क्षेत्रमा गम्भीर समस्या आउन थालेको संकेत गरेको छ ।  संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सचिव पोखरेलले स्वास्थ्य क्षेत्रमा भयावह अवस्था आउन लागेकोतर्फ सचेत गराएका छन् ।


    images
    images

    उनले केन्द्रीय अस्पतलाहरूका लागि तत्काल १६ हजार दरबन्दी तत्काल चाहिएको र अर्थ मन्त्रालयमा  दरबन्दीका लागि आफूहरूले गरेको प्रस्ताव स्वीकृत नभए ५ सय शय्याका केन्द्रीय अस्पताल बन्द हुने अवस्था रहेको जानकारी गराए । हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालनको लागि दरबन्दी आवश्यक रहेको उनको भनाइ छ ।  दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन उनले समितिका सदस्यसँग आग्रह गरेका छन् ।


     ‘अर्को एउटा नीतिमा आएको हामीले नसक्ने काम पनि छ । प्रत्येक स्थानीय तहमा विशेषज्ञ ५ जना डाक्टर पठाउनु भन्ने पनि नीतिमा आयो । जुन सम्भव छैन । मुख्य अर्थमन्त्रालयबाट यो दरबन्दी र ओएनएमलाई पास गर्नका लागि सहयोग पुर्‍याइ दिनुहुन्छ भनेर मैले अन्तिम अनुरोध गरेँ । केन्द्रीय अस्पतालमा हामीलाई १५ देखि १६ हजार तुरुन्तै चाहिनेछ । ’ सचिव पोखरेलले भने, यो भएन भने हाम्रा ५ सय बेडका केन्द्रीय अस्पताल हुँदैनन् । र, आगामी दिनमा बन्दै गरेका ५, १० र १५ बेडका अस्पतालको एउटा प्रस्तावित दरबन्दीको आर्थिक पाटोमा नेपाल सरकारले दिएन भने ती अस्पताल चल्दैनन् । अर्थबाट यसको क्लियरेन्स आयो भने बल्ल यी ५, १०, १५ बेडका अस्पतालमा भौतिक संरचनाका साथसाथै ह्युमन रिसोर्स पूर्ति हुने देखिन्छ । नत्र भने यी चाहीँ नचल्ने हुन कि भन्ने हामीलाई डर छ ।’

    त्यसैगरी अस्पतालहरू बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिए पनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार