बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

मानसिक रोग नेपालमा चुनौति बन्दैछः मन्त्री बस्नेत

मानसिक रोग नेपालमा चुनौति बन्दैछः मन्त्री बस्नेत

साझा पोष्ट
बिहीबार , माघ २५ २०८०
  • images
    मानसिक रोग नेपालमा चुनौति बन्दैछः मन्त्री बस्नेत
    images

    काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौति बनिरहेको बताएका छन्।


    images
    images

    बिहीवार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए। 
    ‘मानसिक रोग व्यापक रुपमा संसारभर बढेको छ । नेपालमा कुरा गरी साध्य छैन । हामीले रोगीलाई उपचार गर्ने कुरा एउटा पार्ट भयो । मानसिक रोगी किन बढीरहेका छन् ?  भन्नेकुरा अध्ययन गर्न जरुरी छ । आवश्यक परे कानून पनि बनाउन जरुरी छ । अहिले संसदमा कानून बनाउने पनि बेला भयो । यसमा कानून नै बनाएर व्यवस्थित गर्नसके लागौँ । सहयोग गर्न तयार छौँ । मानसिक रोगीहरु बढ्नुको कारण पत्ता लगाउन जरुरी छ ।’ मन्त्री बस्नेतले भने । 

     मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको उनको भनाइ छ।मन्त्री बस्नेतले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताए।

     ‘मानसिक रोगको बारेमा हामीले कुरा गर्दा, नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न थालेको छ । यो अवस्थामा हामी सबैलाई चुनौति नै भइसकेको मानसिक रोग । बच्चाहरुमा पनि त्यस्तै अवस्था शुरु भएको छ ।’ उनले भने,  यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरु सहभागीहरुलाई जुटाएर जुन किसिमले किशोरकिशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ । यो प्रशंसा गरेर मात्रै पुग्दैन । यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भुमिका निर्वाह गर्नुपर्छ । सबैसँग सल्लाह र सहकार्य गरेर सेवा बिस्तार गरेर अघि बढ्न मन्त्रालय तयार छ । '

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार