बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

नवाज शरिफलाई प्रधानमन्त्रीमा सघाउने भुट्टोको घोषणा

नवाज शरिफलाई प्रधानमन्त्रीमा सघाउने भुट्टोको घोषणा

साझा पोष्ट
बुधबार, फागुन २ २०८०
  • images
    नवाज शरिफलाई प्रधानमन्त्रीमा सघाउने भुट्टोको घोषणा
    images

     काठमाडौं । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले नयाँ सरकार गठनका लागि पूर्वप्रधानमन्त्री नवाज शरीफलाई समर्थन गर्ने भएको छ ।


    images
    images

    पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले मंगलबार  पत्रकार सम्मेलन गरी शरिफलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।  

    उनले देशमा स्थीरताका लागि नवाज शरीफ नेतृत्वको पीएमएल-एनको प्रधानमन्त्रीको उम्मेदवारलाई सहयोग गर्ने तर इमरान खान नेतृत्वको पीटीआई पार्टीसँग कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन् ।तर केन्द्र सरकारमा भने सहभागी नहुने उनले बताए ।
    भुट्टोले भने, ‘हामीलाई सरकारमा जाने जनादेश छैन । त्यसैले म प्रधानमन्त्रीको उम्मेदवार होइन । केन्द्र सरकारमा जाने लोभ पनि छैन ।’

    पाकिस्तानमा गत बिहीबार आम निर्वाचन भएको थियो । निर्वाचनमा इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)  पहिलो, नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) दोस्रो र बिलावल भुट्टो जरदारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो भएको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको थियो ।

    निर्वाचनमा कसैको पनि एकल बहुमत आएको छैन । कुल ३३६ सदस्य रहने नेशनल एसेम्बलीमा बहुमतका लागि १६९ सिट चाहिन्छ । कुल ३३६ सीटमध्ये २६६ सदस्य प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन् । बाँकी ७० सिटमा भने आरक्षणको व्यवस्था छ ।

    ६० जना महिला र १० जना गैरमुस्लिम समुदायका लागि आरक्षण छ । दलहरुले प्रत्यक्ष जितेको सिट संख्याको आधारमा आरक्षण कोटाबाट भागबण्डा गरेर सांसद चयन गर्छन् । इमरान खान नेतृत्वको पीटीआई प्रतिबन्धित भएकोले उसले आरक्षण कोटा पाउनेछैन ।


    आयोगका अनुसार खान समर्थक उम्मेदवारहरुले प्रत्यक्षमा ९३ सिट जितेका छन् । नवाज शरीफको पार्टी पीएमएल-एनले ७५ र बिलावल भुट्टो जरदारी नेतृत्वको पीपीपीले ५४ सिट जितेका छन् ।

    नवाज शरीफले भने निर्वाचनबाट सबैभन्दा ठूलो आफ्नो पार्टी बनेको जिकिर गर्दै आएका छन् । इमरान खान नेतृत्वको पीटीआईलाई चुनाव लड्न निर्वाचन आयोगले प्रतिबन्ध लगाएको र खान समर्थक उम्मेदवारहरु स्वतन्त्र रुपमा निर्वाचन लडेकाले सबैभन्दा ठूलो दल पीएमएल-एन नै भएको शरीफको तर्क छ । त्यसैले शरीफ गठबन्धन सरकार बनाउने गृहकार्यमा छन् ।

    भुट्टोको समर्थन पाइसकेका शरीफ १६ सिट जितेको मुत्ताहिदा कौमी मुभमेन्ट ९एमक्यूएम० र अन्य स्वतन्त्र उम्मेदवारहरुलाई पनि साथमा लिने प्रयासमा छन् । पीएमएल-एन, पीपीपी र केही साना दल मिलेर गत अगष्ट महिनासम्म सरकार चलाएका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार