शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

तीनजना पूर्वसचिवसहित १५ व्यक्ति र तीन संस्थाविरुद्ध  भ्रष्टाचारको मुद्दा

तीनजना पूर्वसचिवसहित १५ व्यक्ति र तीन संस्थाविरुद्ध  भ्रष्टाचारको मुद्दा

साझा पोष्ट
आइतबार, फागुन ६ २०८०
  • images
    तीनजना पूर्वसचिवसहित १५ व्यक्ति र तीन संस्थाविरुद्ध  भ्रष्टाचारको मुद्दा
    images

    काठमाडौं ।मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १५ व्यक्ति र तीन संस्थाविरुद्ध   मुद्दा दर्ता गरेको छ।


    images
    images

    अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय,सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १४ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप छ । 

     अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध पनि भ्रष्टाचार लगाइएको छ ।   रुद्रसिंह तामाङ अहिले अध्यागमन विभागको  महानिर्देशक छन् । 


    त्यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, समितिका तत्कालीन लेखा उपसचिव मणिभन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, निर्माणस्थलका इन्जिनियर तत्कालीन उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    परामर्शदाता एप्टिसा- बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, निर्माण व्यवसायी एप्टिसा र बेट्स कन्सल्टिङ जेभी र अर्को निर्माण व्यवसायी सीएमसी डि रविनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबिलाइजेशन गरेको आरोप अख्तियारले लगाएको छ। 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार