शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

भरत चन्दलाई 'अन्धोपन निवारणमा  उत्कृष्ट सेवा' पुरस्कार

भरत चन्दलाई 'अन्धोपन निवारणमा  उत्कृष्ट सेवा' पुरस्कार

साझा पोष्ट
आइतबार, फागुन १३ २०८०
  • images
    भरत चन्दलाई 'अन्धोपन निवारणमा  उत्कृष्ट सेवा' पुरस्कार
    images

    काठमाडौं । नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द ‘अन्धोपन निवारणमा  उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन् ।  


    images
    images

     इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ)ले चन्दलाई उत्कृष्ट सेवा  पुरस्कार  प्रदान गरेको हो  ।

    नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई सम्मान गरेको छ ।यो पुरस्कार वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन निवारण गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।

    नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय चन्दले संघको गुल्मी शाखाको सभापति रहँदा  जिल्लालाई मोतिविन्दुरहित जिल्ला घोषणा गराउने अभियानको सुरुआत गरेका थिए ।

    उनले संघको सचिव तथा महासचिव पदमा रही नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    bharat_chand1.jpg

    नेपाल नेत्रज्योति सङ्घले ४५ वर्षमा झण्डै ४९ लाखको आँखाको शल्यक्रिया भएको जनाएको छ । २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्यसहित स्थापना भएको सङ्घले अहिलेसम्म ४८ लाख ६७ हजार ७ सय ७४ जनाको आँखाको शल्यक्रिया भएको जनाएको छ ।

    सङ्घ अन्तर्गत अहिले देशभरमा २७ आँखा अस्पताल, एक सय ५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् । सङ्घअन्तर्गतका आँखा अस्पताल, आँखा उपचार केन्द्रमार्फत् वार्षिक ३० लाख भन्दा धेरै बिरामीको आँखा जाँच हुने गरेको छ ।

    ती उपचार केन्द्र मार्फत् नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड दुई लाख ८६ हजार पाँच जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार