मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

प्रचण्डको कदमप्रति असन्तुष्टि जनाउँदै बाबुरामले भने : इनफ इज इनफ

प्रचण्डको कदमप्रति असन्तुष्टि जनाउँदै बाबुरामले भने : इनफ इज इनफ

साझा पोष्ट
सोमबार, फागुन २१ २०८०
  • images
    प्रचण्डको कदमप्रति असन्तुष्टि जनाउँदै बाबुरामले भने : इनफ इज इनफ
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग शुरु गरेकोमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कटाक्ष गरेका छन् ।


    images
    images

    उनले प्रचण्डको कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत भट्टराईले प्रचण्डको कदमबाट लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयॉ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने विश्लेषण गरेका छन् । उनका अनुसार प्रचण्डको कदम नांगो अवसरवाद हो । उनले अगाडि लेखेका छन्, ईनफ ईज ईनफ। '

    भट्टराईले सामाजिक सञ्जालमा राखेको मत जस्ताको तस्तै : 

    नेपाली ‘किस्सा कुर्सीका’ ळे केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो ! केही चतुरेहरूको निकृष्ट सत्तालिप्सानिम्ति पटकपटक मन्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयॉ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्नेभयो।

    केही निरीह सांसदको पोको बोकेर एउटासंग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसंग घॉटी जोड्दा ‘ वामपन्थीरकम्युनिष्ट एकतानिम्ति’भन्ने ! यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसंग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने ! विचरा सोझा कार्यकर्ता किंकर्तव्य विमुढ बनेर मनलागीनलागी ताली ठोक्ने ! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयॉ संस्करण नभए के हो ?

    अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यान्यता बाॅकीरहेकाहरूले भन्नैपर्छ - अब अति भो! Enough is Enough!

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार