शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाईते

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाईते

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाईते
    images

    काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा २ जनाको  मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।


    images
    images

    मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    दुर्घटनामा सोरू गाउँपालिका–७ का जिप चालक कविराज नेपाली र सोरू–२ की २५ वर्षीया कुसुम नेपालीको घट्नास्थलमै मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ र एक जनाको अवस्था गम्भीर छ । जिपमा ६ जना थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार