आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

सरकारले चैते धानको समर्थन मूल्य  तोक्यो

सरकारले चैते धानको समर्थन मूल्य  तोक्यो

साझा पोष्ट
बिहीबार , चैत १५ २०८०
  • images
    सरकारले चैते धानको समर्थन मूल्य  तोक्यो
    images

    काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।


    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०\८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ तोकेको हो ।

    १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने सरकारले निर्णय गरेको छ ।

    त्यसैगरी बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१\८२ का लागि राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम ७ प्रदेशको लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि पनि ७७ अर्ब ५० करोड स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार