मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

निजी क्षेत्रले काम गर्न नपाउँदा आर्थिक वृद्धिदर खस्कियो: अध्यक्ष ढकाल

निजी क्षेत्रले काम गर्न नपाउँदा आर्थिक वृद्धिदर खस्कियो: अध्यक्ष ढकाल

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    निजी क्षेत्रले काम गर्न नपाउँदा आर्थिक वृद्धिदर खस्कियो: अध्यक्ष ढकाल
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले काम गर्न नपाउँदा मुलुकको आर्थिक वृद्धिदर खस्किएको बताएका छन् । महासंघको ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले काम गर्न नपाएको बताए । ‘पछिल्लो दुई वर्षमा न्युन आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो ।’ उनले भने ।


    images
    images

    अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र निकास खोज्न सजिलो हुने उनले बताए । ‘करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो’ उनले भने ‘निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेको हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिएन ।’


    यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुँदा पनि सुधारका उपाय अवलम्बन हुन नसकेको उनको गुनासो छ  । नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिएकोले समस्या भएको उनले बताए । 

     ‘श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए, यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ’ उनले भने ‘यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब दुई प्रतिशत सकारात्मक भएको छ ।’

    नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख रहेको उनले बताए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार